२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चलिरहेका बेला उपप्रधानमन्त्री इश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
पोखरेल शुक्रबार विहान खुमालटार पुगेर प्रचण्डसँग पार्टीको अहिलेको विवादका बारेमा छलफल गरेका हुन् । भेटमा पोखरेलले अध्यक्षसँग सचिवालयमा पेश भएका दुवै अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाउन आग्रह गरेको बताइएको छ ।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले १९ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए । त्यसपछि नेकपाको विवाद चरममा पुगेको छ । प्रचण्डको जवाफको ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij