Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

एमालेले पोखरामा जेन-जीका कार्यक्रम बिथोल्न खोजेको सुधन गुरुङको आरोप

एमालेले पोखरामा जेन-जीका कार्यक्रम बिथोल्न खोजेको सुधन गुरुङको आरोप


  • 281
    Shares

    एमालेले पोखरामा जेन-जीका कार्यक्रम बिथोल्न खोजेको सुधन गुरुङको आरोप
    images

    काठमाडौं । नेकपा एमालेले पोखरामा हुने भनिएको जेनजीको कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लागेको छ ।

    द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले आफू पोखरा जाने भएपछि एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

    ‘पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं,’ गुरुङले सामाजिक सन्जालमा लेखेका छन्, ‘र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’

    तर, यसले आफ्नो कदम नरोक्ने चेतावनी उनले दिएका छन् । ‘किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले लेखेका छन् ।

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १२:५३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij