Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणको कारण एकै परिवारका तीन जनाको मृत्यु

कोरोना संक्रमणको कारण एकै परिवारका तीन जनाको मृत्यु


  • 5.1K
    Shares

    कोरोना संक्रमणको कारण एकै परिवारका तीन जनाको मृत्यु
    images

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा कोरोना संक्रमणको कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उनीहरूको एक साताभित्रै मृत्यु भएको हो ।

    स्थानीयका अनुसार बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाह भोजमा सहभागी भएकाहरुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा बाबुछोरा छन्। एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोराको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

    ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ। यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ ।

    अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । रासस

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १०:५३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij