Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्नु अघि पदाधिकारी बैठक बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बस्नु अघि पदाधिकारी बैठक बस्ने


  • 589
    Shares

    कांग्रेस केन्द्रीय समिति बैठक बस्नु अघि पदाधिकारी बैठक बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । पदाधिकारी बैठक आज मध्यान्ह १२स्३० बजेका लागि बोलाइएको हो ।

    पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ । पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेश गर्ने भएका छन् । महाधिवेशन चुनाव अघि वा पछिको विवादले कांग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो ।

     

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १२:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij