Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निजी क्षेत्रमा जाने कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि

निजी क्षेत्रमा जाने कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि


  • 638
    Shares

    निजी क्षेत्रमा जाने कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सुस्त देखिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो त्रैमासिक तथ्याङ्कअनुसार असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सुस्त देखिएको हो । 

    राष्ट्र बैंकका अनुसार बैंकहरूमा निक्षेप सङ्कलनको गति बढे पनि कर्जा प्रवाह भने अघिल्लो वर्षको तुलनामा सुस्त देखिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ३.० प्रतिशतले बढेर ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ । 

    निजी क्षेत्रमा जाने कर्जा प्रवाह भने खुम्चिएको छ । अघिल्लो वर्ष २.५ प्रतिशतले बढेको कर्जा प्रवाह यस वर्षको सोही अवधिमा १.५ प्रतिशतले मात्र बढेर ५५ खर्ब ८० अर्ब ६४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ।

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जामा वृद्धि भएको छ । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत पुगेको छ । 

    विदेशी मुद्रा खरिदमार्फत केन्द्रीय बैंकले बजारमा २६२ अर्ब १४ करोड खुद तरलता पठाएको छ । वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा विस्तृत मुद्रा प्रदाय १२.२ प्रतिशतले वृद्धि भएको छ 

    बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट ठुलो मात्रामा तरलता प्रशोचन गरिरहेको छ । पहिलो त्रैमासमा खुला बजार कारोबारमार्फत कुल  १३० खर्ब ७५ अर्ब ९५ करोड प्रशोचन गरिएको छ । 

    जसमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२३ खर्ब ६१ अर्ब ३० करोड तानिएको छ । 

    । 

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - ११:४२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij