Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

आफ्नो खुट्टामा आफै बन्चरो हान्ने कि कोरोनाबाट यसरी जोगिने, बेलैमा ख्याल गरौ!

आफ्नो खुट्टामा आफै बन्चरो हान्ने कि कोरोनाबाट यसरी जोगिने, बेलैमा ख्याल गरौ!


  • 21.7K
    Shares

    आफ्नो खुट्टामा आफै बन्चरो हान्ने कि कोरोनाबाट यसरी जोगिने, बेलैमा ख्याल गरौ!
    images

    कोरोनाको दोस्रो लहरको लपेटाईले सिङ्गो देश थलिएको छ। कोरोनालाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा थप कडा बनाईएको छ। तैपनि, कतिपय मानिसहरु अटेर गरि बाहिर निस्किने ,अनावश्यक काममा हिडडुल गर्ने गर्दा कोरोना तिब्र रुपमा बढ्न सक्ने जोखिम उत्तिकै देखिन्छ। कोरोना कहरलाई हामीले अवसरको रुपमा लिन सके धेरै कुरा सिक्न सकिन्छ। सरसफाइमा ध्यान दिने,घरको काममा व्यस्त हुने,विभिन्न कथा ,कविताको सृजनामा लाग्ने,युट्युवबाट बिभिन्न परिकारहरु पकाउन सिक्ने काम गर्दा फाईदा हुन्छ। फुर्सदको समयमा हामीले हाम्रो अमू्ल्य समय कुनै नयाँ खोज अनुसन्धन एबम् नयाँ सृजनामा खर्चिन सके हामी झन् क्षमतावान बन्न सक्छौ।कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ सरसफाइ गर्न,स्वास्थकर खानेकुरा खाना,वातावरण सरसफाइ राख्न।यसकारण हामी आफै सचेत हुन सके हामिले सहजै कोरोनासँग जित हासिल गर्न सक्छौ।

    हाम्रो आचार,बिहार र आहार सात्विक हुनुपर्छ भनेर पनि कोरोनाले प्रारम्भिक पाठ सिकाएको छ। अर्कातिर, कोरोनाका विरामी तथा कोरोना सङ्क्रमित र कोरानाकै कारण मृत्यु भएका नागरिकहरुको श्रद्धाञ्जली ,स्वास्थ लाभको कामाना जस्ता पोष्टहरु सामाजिक सञ्चालनतिर राख्नु त्यति उपयुुक्त देखिदैन। यसरि सामाजिक सञ्जालमा राख्दा बिरामी,सङ्क्रमित र उक्त सूचना ग्रहण गर्ने व्यक्तिमा नकारात्मक असर पर्न गई मनोबल कमजोर हुन जान्छ। साथै आमसन्चार माध्यम र सामाजिक सन्जाल प्रयोगकर्ताले पनि उक्त कुरामा ध्यान दिनु जरुरी देखिन्छ। स्रोता,दर्शक तथा पाठकबर्गमा समेत मनोबल बढाउने खालको सूचना तथा जानकारी दिन सके उनीहरुमा त्रास एबम् डर कम हुन जान्छ।

    सबैभन्दा ठूलो कुरा भनेको हामी आफैले आफ्नो आत्मबल दर्हो बनाउन सक्नु हो। हामी आफै कमजोर भयौ भने कोरोना मात्र हैन जुनसुकै रोग विरुद्ध पनि लड्न सक्दैनौ। तसअर्थ हामी आफैले आफ्नो मनोबल बलियो बनाउनु जरुरी छ। कोरोना भाइरसबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले "कोभिड १९"को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ।

    सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो।पछिल्लो समय यो भाइरस हावाको माध्यमबाट पनि सर्दछ भन्ने कुरा आइरहेका छन्। १००.४ भन्दा बढि ज्वरो आउनु पनि कोरोनाको लक्षण हो। यसबाट बच्न हामीले अनावश्यक रुपमा बाहिर ननिस्किने यदि निस्किनु नै पर्यो भने पनि माक्स,सेनिटाइजरको प्रयोग गरेर मात्रै बाहिर निस्किनु पर्दछ।बाहिरबाट आइसकेपछि राम्रोसँग २०सेकेन्ड सम्म साबुन पानीले हात खुट्टा धोएर मात्रै घरभित्र प्रवेश गर्नु पर्दछ। खोक्दा हाछ्यु गर्दा नाक,मुख, टिस्यु पेपरले वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई बिर्को भएको फोहोर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिची हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने,सकेसम्म भिडभाडमा नजाने,साथीभाइसँग भेट हुदा हात मिलाउनुको सट्टा नमस्कार गर्ने बानीको विकास गर्नुपर्छ।

    यस्तो बिपत्को बेला चाडपर्ब,ब्रतबन्ध,बिबाह कार्य सकेसम्म नगरौ र यदि गर्नै पर्ने खण्डमा पनि भीडभाड नगरी सामान्य हिसाबले सम्पन्न गरौँ । घरमा आवश्यक पर्ने खाधन्न एवम् भान्सामा चाहिने सामग्री बिहान पसल खुल्ने समयमा समाजिकदुरि कायम राख्दै किन्नु पर्दछ। हामी स्वयम् आफै सचेत हुन सके मात्रै कोरोना नियन्त्रणमा सघाउ पुग्दछ।सरकारी निकायले जारी गरेको सूचना हाम्रै लागि हो भनेर पालन गर्नु उचित देखिन्छ। हामी चेतनशिल प्राणी भएको नाताले पनि हामीले सरकारले दिएको सहि निर्देशन पालन गर्नैपर्छ । हाम्रो नै सुरक्षाको लागि खटिएका प्रहरीको आँखा छलेर अनावश्यक काममा यताउता हिडडुल गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चारो हान्नु सरह हो।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १०:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij