२०८२ भाद्र ५ गते बिहिवार
पर्सा । पर्सामा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सनन विनय श्रीवास्तवका अनुसार डोकैला बहुअरीकी ५० वर्षीया महिलाको बिहीबार राति ९ः३५ बजे मृत्यु भएको हो ।
कोरानाको दोस्रो लहर आएपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ जनाको मृत्यु भइसकेको छ । पर्सामा बिहीबार मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । दोस्रो लहर आएपछि गत चैत ३० मा संक्रमणबाट पहिलो पटक मृत्यु भएको थियो ।
यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो पटक २८८ जनाको पिसिआर परक्षण गर्दा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पर्साका ११४ जना हुन् । त्यसैगरी बाराका ३२, रौतहटका ८, सर्लाही र महोत्तरीका एक–एक जना रहेको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए। थपिएका नयाँ संक्रमितमध्ये १०७ जना पुरुष र ४९ जना महिला रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij