Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्


  • 750
    Shares

    गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गरेकी छिन्। आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गरेकी हुन् । 

    गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताइन् । उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्दै नेपालमा एउटा कोठा मात्रै भएपनि सुरक्षित राख्न आग्रह गरिन् । 

    उनले भनिन्, ‘जो विदेशमा हुनुहुन्छ, उहाँहरुले नेपालमा एउटा आफ्नो स्थान चाहीँ राख्नुपर्छ, यहाँ मेटाउनु हुँदैन । चाहे एउटा फ्ल्याट नै किन नहोस् । एउटा राख्नुपर्छ, आफ्नो टेक्ने ठाउँ । हालाकी त्यो सुविधा अहिले नै नमिल्ला, अहिले फेरि किर्ते भएर विदेशमा हुनेका जग्गा जमिन एउटाले अर्कोको नाममा पास गरिदिएर बेचिदिएर मान्छे एकातिर छ, यहाँ बेचिदिएर । त्यो सुविधा छैन, तर विस्तारै मिल्ला त्यो सुविधा पनि, सेक्युरिटी हुन्छ नी सुरक्षा । विदेशमा बस्नेहरुको सम्पतिको सुरक्षा । त्यो त नमिलाई हुँदैन । तर आफ्नो स्थान चाँही यहाँ राख्नुपर्छ के टेक्ने ठाउँ । यसो खुट्टाले टेक्ने ठाउँ, एउटै खुट्टाले मात्रै टेक्ने ठाउमा मात्रै पनि किन नहोस् । आएर यसो बस्ने दुईचार दिन । त्यो चाहीँ हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ 

    उनले गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनितिक दलहरुलाई एकता गर्नुपर्ने सन्देश दिएको उल्लेख गरिन् । नेपालमा राजनितिक दलहरुमा विभाजन देखिएको उल्लेख गर्नुहुँदै उहाँले विभाजनले कसैलाई पनि राम्रो नगर्ने बताइन् ।  

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १३:४२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij