Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 722
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बैठकले आगामि पुस ७ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेबाट सुरु हुने भएको छ।

    गत आर्थिक वर्ष २०८१\८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.३५८३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    बोनस शेयर वितरणपछि हाल कामय जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सञ्चालकहरुले विभिन्न खर्चबापत पाउने रकम वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२\८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

    लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १०:२९:४४ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij