२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको Associate Client का रुपमा रहेको साझेदारी अन्तर्गत आयोजित “Visa Leadership Conclave” कार्यक्रममा Excellence in Consumer Credit Cards, Excellence in Prepaid Cards र Excellence in POS Acquiring तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ ।
यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो । बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवं व्यवसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा निम्न अवार्डहरु भिसाद्वारा बैंकलाई प्रदान गरिएको छ ।
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएस सेवामा उल्लेखनीय रुपमा बजार बिस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।
२०८२ असार मसान्तसम्म बैंकहरूले कुल करिब ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरिसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ६० हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब १९ प्रतिशत रहेको देखिन्छ ।
जारी संख्यामा मात्र होइन, असार २०८२ मसान्तसम्मको कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सा ओगटेको छ ।त्यसैगरी, असार २०८२ मसान्तसम्म बजारमा २ लाख ५० हजार प्रिपेड कार्ड जारी भइसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ३४ हजार कार्ड रहेको छ ।
साथै, असार २०८२ मसान्तसम्म उद्योगस्तरमा करिब १ करोड २५ लाख पीओएस कारोबार भएका छन् भने सोही अवधिमा सिद्धार्थ बैंकमार्फत करिब ९ लाख ३६ हजार कारोबार भएका छन्, जसको आधारमा बैंकको बजार हिस्सा करिब ८ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij