Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ४ जनाको मृत्यु


  • 5.4K
    Shares

    कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ४ जनाको मृत्यु
    images

    सुनसरी । कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा र कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

    मृतकहरुमा सिराहाको लाहान–१० का ७० वर्षीय पुरुष, सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुष, सुनसरीकै गढी गाउँपालिका–६ का ७१ वर्षीय पुरुष र बराहक्षेत्र नगरपालिका–५ की ८२ वर्षीया महिला रहेका छन् ।

    प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलका अनुसार इटहरीका पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको थियो । उनका अनुसार मृतकहरु सबै उच्च रक्तचाप, मधुमेहका दीर्घरोगी रहेका थिए ।

    सय बेडको कोभिड अस्पतालमा बिहीबार सम्ममा ५२ जना भर्ना भएका छन् । तीमध्ये अधिकांश संक्रमित आईसियू र एचडियूमा उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १७:१५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij