Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ह्वाइट हाउसनजिक गोली चल्दा २ जनाको मृत्यु

ह्वाइट हाउसनजिक गोली चल्दा २ जनाको मृत्यु


  • 771
    Shares

    ह्वाइट हाउसनजिक गोली चल्दा २ जनाको मृत्यु

    बुधबार साँझ ह्वाइट हाउसबाट दुई ब्लक टाढा गोली चल्दा वेस्ट भर्जिनिया नेसनल गार्डका दुई सदस्यको मृत्यु भएको छ।

    वासिङ टन, डीसीका गभर्नर प्याट्रिक मोरिसेले उनीहरूको मृत्यु पुष्टि गरेका छन्। गोली प्रहारमा संलग्न संदिग्ध पनि घाइते भएको र उनलाई हिरासतमा लिइएको छ। घटना १७औँ र एच स्ट्रिटको कुनामा भएको थियो।

    प्याट्रिक मोरिसेका अनुसार घटनाको अनुसन्धान जारी रहेको बताए। राज्य सरकारका अनुसन्धान एजेन्सीहरूसँग निरन्तर सम्पर्कमा छन्। घटनाको जानकारी पाएपछि अमेरिकी गुप्तचर सेवा, एटीएफ र संयुक्त डीसी टास्क फोर्सका टोली घटनास्थलमा पुगेका थिए।

    एपीका अनुसार, नाम नछाप्ने सर्तमा एक अधिकारीले एक गार्डको टाउकोमा गोली लागेको बताए। राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्धलाई पशुको संज्ञा दिँदै उसले ठूलो मूल्य चुकाउने बताए।

    ट्रम्पले ट्रुथआउटमा लेखेका छन्, 'हाम्रो महान् राष्ट्रिय गार्ड र सुरक्षा बलहरूमाथि गर्व छ। उनीहरूलाई मेरो सम्पूर्ण टोली र मेरो साथ छ।'

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - ०७:१५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij