Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

कूटनीति यूएईले दिन थाल्यो नेपालीलाई भिसा, पुलिस रिपोर्ट अनिवार्य

कूटनीति यूएईले दिन थाल्यो नेपालीलाई भिसा, पुलिस रिपोर्ट अनिवार्य


  • 883
    Shares

    कूटनीति यूएईले दिन थाल्यो नेपालीलाई भिसा, पुलिस रिपोर्ट अनिवार्य
    images

    काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई०ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान प्रहरीको चारित्रिक प्रमाणपत्र भने अनिवार्य चाहिने भएको छ । 

    यससँगै रोजगारी तथा भ्रमणका लागि यूएई जान चाहनेहरुले भिसा पाउन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले जानकारी दिए । ‘केहीले आज भिसा पनि प्राप्त गरेका छन्,’ उनले भने ।  

    त्यसो त यूएईले नेपालीलाई भिसा रोकेको कुरा हालसम्म औपचारिक रुपमा केही बताएको थिएन । भिसा खुलाएको कुरा पनि औपचारिक रुपमा नेपाललाई जानकारी गराइएको छैन । 

    भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो । जेलबाट भागेकाहरुको अवस्थाबारे यूएई विश्वस्त हुन चाहेको थियो । भिसा रोकिएपछि परराष्ट्र मन्त्रालयले यूएई सरकारसँग निरन्तर संवाद गरेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो । 

    प्रकाशित मिति :मंसिर १० २०८२ बुधवार - १४:४४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij