Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रिपोर्ट आइसक्दा मृत्यु

रिपोर्ट आइसक्दा मृत्यु


  • 14.0K
    Shares

    रिपोर्ट आइसक्दा मृत्यु
    images

    बागलुङ । आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो ।

    आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो । “अक्सिजनको मात्रा निकै कम भएपछि उहाँ अस्पताल आउनुभयो”, अस्पतालका प्रमुख डा शैलेन्द्र विक पोखरेलले भन्नुभयो, “पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गर्नुभएको छ ।” समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहने उहाँ बताउनुहुन्छ । बागलुङमा आज मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । रासस

     

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १६:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij