Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भेन्टिलेटर नपाएर रौतहटमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

भेन्टिलेटर नपाएर रौतहटमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु


  • 4.8K
    Shares

    भेन्टिलेटर नपाएर  रौतहटमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु
    images

    वीरगञ्ज । रौतहटको बृन्दावन नगरपालिका–४ का २३ वर्षका एक स्वास्थ्यकर्मीले भेन्टिलेरको अभावमा गएराति ज्यान गमाउनु पर्‍यो । कोरोना संक्रमण भइ उपचार गराइरहेका हेल्थ असिस्टेन्ट रहेका ती स्वास्थ्यकर्मी केहीदिन अघि कोरोना संक्रमित भएका थिए ।

    संक्रमित भएपछि उनी वीरगञ्जकै तराई अस्पतालमा उपचार गराइरहेका थिए । वीरगञ्जमै एक अस्पतालमा कार्यरत रहेका उनी केहीदिनअघि रौतहटस्थित आफ्नो घर गएका थिए। घर जाँदा उनलाई ज्वरो आयो । ज्वरो आएपछि त्यहीँ आफ्नो गाउँमै मेडिकलबाट औषधि किनेर खाए । तर उनको ज्वरो ठिक भएन । झन् स्वास्थ्यमा समस्या आउन थाल्यो ।

    दुई दिनपछि उनले कोरोना जाँचको लागि पीसीआर परीक्षण गराएपछि संक्रमण देखियो । रिपोर्ट पोजेटिभ भएपछि संक्रमित भएका उनी वीरगञ्जमा रहेको तराई अस्पतालको कोरोना वार्डमा भर्ना भइ उपचार गराउँदै आएका थिए । गत वैशाख २१ गते उपचारको लागि उनी अस्पतालमा भर्ना भएका थिए ।

    अस्पताल भर्ना भएर उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार नआई झनै जटिल हुन थालेपछि चिकित्सकहरुले भेन्टिलेरटरमा राखेर उपचार गर्नुपर्ने बताए । तर तराई अस्पतालमा रहेको पाँचवटै भेन्टिलेटर भने खाली थिएनन् । वीरगञ्जका कुनैपनि अस्पतालमा भेन्टिलेटर खाली थिएन ।

    अन्त्यमा उनको परिवारले वीरगञ्जका सामाजिक अभियन्ता ओम प्रकाश सर्राफलाई फोन गरे । उनीहरुले जसरी भएपनि एउटा भेन्टिलेर उपल्बध गराइदिन सहयोग मागे ।

    ‘राति मेरो मोबाइलमा फोन आयो, एक जना भाइको । उनले मलाई बिरामीको लागि भेन्टिलेटर उपल्बध गराइदिन सहयोग मागे, ‘ उनले भने, ‘त्यो भाइलाई मैले नचिने पनि समाजिक कार्य भएकोले म भेन्टिलेटर खोजीमा लागेँ ।’

    ‘भर्खरको २३ वर्षको संक्रमित स्वास्थ्यकर्मी भाइ थियो । उसको बिहे पनि यही जेठ ९ गते नै हुनेवाला थियो,’ सर्राफले थपे, ‘मैले रातभरि धेरै प्रयास गरेँ भेन्टिलेटरको लागि । तर पाउन मुस्किल भयो ।’

    भेन्टिलेटर पाउन नसकेपछि सर्राफले आफनो फेसबुकमा स्टयाटस लेखे, ‘अहिले एउटा २३ वर्षीय युवा कोभिड बिरामीलाई भेन्टिलेटर खोज्दै छौँ । कसैसँग केही सहयोग हुनसक्छ भने कृप्या जानकारी पाउँ ।’

    पछि उनलाई नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था हुने भनि खबर आयो । तर, यति गर्दागर्दै रातिको ३ बजेसम्म जागेर नारायणी अस्पतालका मेसु संजय ठाकुर र कोभिड कोर्डिनेटर डा।सरोज रोहन दासले भेन्टिलेटरको व्यवस्था गरेको भएपनि यो बीचमा संक्रमित स्वास्थ्यकर्मीको भने मृत्यु भइसकेको थियो ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १६:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij