Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

इथोपियामा ज्वालामुखी विस्फोट : नेपालबाट हुने दुई उडान रद्द

इथोपियामा ज्वालामुखी विस्फोट : नेपालबाट हुने दुई उडान रद्द


  • 379
    Shares

    इथोपियामा ज्वालामुखी विस्फोट : नेपालबाट हुने दुई उडान रद्द
    images

    काठमाडौं । इथोपियामा भएको ज्वालामुखी विस्फोटका कारण नेपालबाट हुने दुई हवाई उडान रद्द गरिएको छ ।

    नेपालबाट मंगलबार (मंसिर ९) बिहान १० र ११ बजे हुने तालिका रहेको कतार एयरवेजका दुई उडान उक्त ज्वालामुखीका कारण खरानी उड्दा रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    ती उडान मंगलबारै राति १२ बजेपछि मात्र हुने कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

    “ज्वालामुखी विस्फोटका कारण खरानी उडेपछि कतार जाने दुई उडान रद्द भएको छ,” उनले  भने, “उताबाट आउने पनि रद्द भएको छ । सबै उडान राति १२ बजेपछि सुचारु हुने कम्पनीले जानकारी दिएको छ ।”

    कतारबाहेकका अरू उडान अवरुद्ध नभएको उनले बताए ।

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १५:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij