Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ सम्बन्धी फ्रेमवर्क जारी

‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ सम्बन्धी फ्रेमवर्क जारी


  • 281
    Shares

    ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ सम्बन्धी फ्रेमवर्क जारी
    images

    काठमाडौं । राष्ट्र बैंकले वित्तीय स्थायित्वलाई सुदृढ र जोखिम न्यूनीकरण गर्न ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ सम्बन्धी नयाँ निर्देशिका (फ्रेमवर्क) जारी गरेको छ । 

    बैंकले देशको अर्थतन्त्रमा उच्च प्रभाव पार्ने ठुला बैंकहरूको पहिचान र नियमनका लागि नयाँ मापदण्ड लागू गरेको छ । उक्त फ्रेमवर्क अनुसार अब केन्द्रीय बैंकले वाणिज्य बैंकहरूको आकार र कारोबारको आधारमा वर्गीकरण गरी प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरू तोक्नेछ ।

    राष्ट्र बैंकले तोकेका ती बैंकहरूले सामान्य बैंकको तुलनामा अतिरिक्त पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको फ्रेमवर्क अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूमा यो व्यवस्था लागु हुनेछ ।

    बैंकहरूको छनोटका लागि अन्तर्राष्ट्रिय मापदण्डमा आधारित चार मुख्य सूचकहरू निर्धारण गरिएको छ । बैंकहरूलाई १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिनेछ । बैंकको कुल सम्पत्ति र कारोबारको हिस्सा कति छ भन्ने यसले मापन गर्छ । ठुला बैंकहरू असफल हुँदा बजारमा पर्ने असर बढी हुने भएकाले यसलाई ४० प्रतिशत भार दिइएको छ ।

    फ्रेमवर्क अनुसार एउटा बैंकको वित्तीय अवस्थाले अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई कति असर गर्छ भन्ने यसमा हेरिन्छ । यसभित्र अन्तर-वित्तीय प्रणाली सम्पत्ति, दायित्व र धितोपत्रहरूलाई समावेश गरिएको छ ।

    कुनै बैंक डुब्यो वा बन्द भयो भने त्यसले दिने सेवा अर्को बैंकले कति छिटो र सहज रूपमा दिन सक्छ भन्ने यसले मापन गर्छ । 

    फ्रेमवर्क अनुसार प्रणालीगत जोखिम पहिचानका लागि चार प्रकारका सूचक तयार पारिएको छ । बैंकको वित्तीय आकारलाई ४० प्रतिशत, अन्तरआबद्धतालाई ३० प्रतिशत, प्रतिस्थापन क्षमतालाई १५ प्रतिशत र जटिलतालाई १५ प्रतिशत भार तोकिएको छ । 

    यिनीहरूले बैंकको कुल एक्स्पोजर, वित्तीय क्षेत्रभित्रको सम्पत्तिरदायित्व, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि तथा सीमा-पार कारोबारलाई प्रतिबिम्बित गर्ने यो फ्रेमवर्कले डि-एसआइबएसले एचएलएको लागि ०.२ देखि १ प्रतिशतसम्म थप पुँजीको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

     

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १४:३४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij