Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता


  • 232
    Shares

    माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता
    images

    काठमाडौं । माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ उक्त सम्झौता गरेको हो ।

     माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएई स्थित जोयालुक्कास एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो ।

    उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

    उक्त सम्झौता पछि अब यूएईमा रहेका नेपालीहरुले यूएई स्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबिएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

     

     

     

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १२:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij