Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स डीजी बैंक सेवा’ सञ्चालनमा

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स डीजी बैंक सेवा’ सञ्चालनमा


  • 225
    Shares

    सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स डीजी बैंक सेवा’ सञ्चालनमा
    images

    काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको क्षेत्रमा एक रणनीतिक पहल गर्दै “सिटिजन्स डीजी बैंक” (DiZiBank) नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल  मार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य हो ।

    सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकको आधिकारिक वेबसाइट https://www.ctznbank.com/  र वा मोवाईल बैंकिङ्ग एप (सिटिजन्स स्मार्ट) मार्फत प्रयोग गर्न सकिनेछ ।

    पहिलो चरणमा, यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु जस्तै अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ्ग तथा कार्ड सम्बन्धी सेवाहरु उपलब्ध गराइएका छन् । हाललै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - ११:५७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij