Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश

विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश


  • 274
    Shares

    विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश
    images

    काठमाडौं । विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो । 

    वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल द्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा लगायतका संस्थाका प्रतिनिधिहरुले विशेष विद्यालयमा पुगेर सो सामग्रीहरु वितरण गरेका थिए । 

    ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लामा २१ वटा शाखा सञ्चालन गर्दै आएको छ । काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाको आठ करोड त्रिचालीस लाख चालीस हजार पाँच सय पचास शेयर पुँजी रहेको तथ्यांक उक्त संस्थाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १०:४८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij