Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१०.१३ अंकले बढ्यो नेप्से, ७ अर्बभन्दा बढीको शेयर किनबेच

१०.१३ अंकले बढ्यो नेप्से, ७ अर्बभन्दा बढीको शेयर किनबेच


  • 7.2K
    Shares

    १०.१३ अंकले बढ्यो नेप्से, ७ अर्बभन्दा बढीको शेयर किनबेच
    images

    काठमाडौं । बैशाख महिनाको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १०.१३ अंक बढेको छ । यो दिन ०.३८% बढेर नेप्से परिसूचक २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा पुगेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स १.१२ अंक बढेर ४७९.५० विन्दुमा पुगेको छ ।

    बिहीवार रू ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । २१८ कम्पनीको ८६ हजार २९६ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा भने यो दिन नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । कम्पनीको रू ४९ करोड ४ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको हो । शेयरमूल्य पनि यो दिन कम्पनीको प्रतिकित्ता रू ३१ ले बढेर अन्तिम मूल्य रू १ हजार ५८१ पुगेको छ ।

    यस दिन वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । वित्त समूहको परिसूचक यो दिन सर्वाधिक ४.६८% बढेको हो । त्यस्तै यो दिन बैंकिङ्गको ०.१८%, विकास बैंकको २.५१%, जलविद्युतको १.४१%, निर्जीवन बीमाको ०.०४%, अन्यको ०.६२%, लघुवित्तको ०.१%, जीवन बीमाको ०.४९% र म्युचुअल फण्डको ०.६४% परिसूचक बढेको छ । दोहोरो अंकले बढेको बजारमा व्यापारिक समूहक र होटल्स तथा पर्यटन समूहको समान ०.६% परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधनको ०.३% र लगानी समूहको ०.३९% घटेको छ ।

    बिहीवार १३ कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । दिव्यश्वरी हाइड्रोपावर र समता घरेलु लघुवित्तको १०%ले मूल्य बढ्दा विशाल बजार कम्पनीको ९.९९%, रूरू जलविद्युतको ९.८९%, सांग्रिला डेभलपमेण्ट बैंकको ९.७९%, प्रोग्रेसिभ फाइनान्सको ९.७८%, जोशी हाइड्रोको ९.७८%, समृद्धि फाइनान्सको ९.७३%, आँखुखोला जलविदुतको ९.६३%, खानीखोला हाइड्रोको ९.६०%, वेष्ट फाइनान्सको ९.५७%, युनियन हाइड्रोपावरको ९.५५% र सेन्ट्रल फाइनान्सको ९.१३% मूल्य बढेको हो । यस दिन रिडी हाइड्रोको शेयरमूल्य भने सर्वाधिक २.९%ले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ६ ले घटेर अन्तिम मूल्य रू २८१ कायम भएको हो ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १६:०३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij