२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार बैंकले शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ । उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्ने छ।
तोकेको उक्त अवधिभित्र बैंकका संस्थापक शेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij