Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणबाट सल्यानमा प्रधानाध्यापकको मृत्यु

कोरोना संक्रमणबाट सल्यानमा प्रधानाध्यापकको मृत्यु


  • 4.9K
    Shares

    कोरोना संक्रमणबाट सल्यानमा  प्रधानाध्यापकको मृत्यु
    images

    सल्यान । कोरोना संक्रमणबाट सल्यानमा एक प्रधानाध्यापकको मृत्यु भएको छ ।

    जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा, ६ निवासी ५० वर्षका  प्रधानाध्यापकको बुधबार राति मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । मृतक बनगाड कुपिण्डे नगरपालिका ७  स्थित बाल कन्याण प्राथमिक विद्यालय सिम्तिगैराको प्रधानाध्यापक थिए ।  उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

    २५ गते नगरपालिकाको अस्थाई आइसोलेसनमा उपचारपछि थप उपचारका लागि २७ गते जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । बुधबार राति करिब १ बजेको समयमा उनको मृत्यु भएको हो । यससँगै सल्यानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।  

     

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १५:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij