२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंका दुई वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।
इजाजतपत्र रद्द हुने कम्पनीहरूमा काठमाडौं महानगरपालिका ११ सुन्धारा क्षेत्रमा सञ्चालित लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रा.लि. र स्तुपा मनिचेञ्जर प्रा.लि.रहेका छन् ।
यी दुवै कम्पनीले तोकिएको उक्त समयसीमाभित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न नसकेकोले राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij