Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

कारबाही फुकुवाको निर्णय सकारात्मक छ, पार्टीको विवाद मिलाउन जेठ २ मा फर्किऔँ : नेता पाण्डे

कारबाही फुकुवाको निर्णय सकारात्मक छ, पार्टीको विवाद मिलाउन जेठ २ मा फर्किऔँ : नेता पाण्डे


  • 6.1K
    Shares

    कारबाही फुकुवाको निर्णय सकारात्मक छ, पार्टीको विवाद मिलाउन जेठ २ मा फर्किऔँ : नेता पाण्डे
    images

    काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुरेन्द्र पाण्डेले कारबाही फुकुवा गर्ने निर्णय सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

    उनले कारबाहीको औचित्य पुष्टि गर्न नसकेर फिर्ता लिएकाले सकारात्मक मान्नुपर्ने बताउँदै पार्टीको विवाद मिलाउने हो भने २०७५ जेठ २ मा निशर्त फर्कनुपर्ने बताए ।

    “हामीले कारबाही फिर्ता गलत भनेर हिजै भनेका थियौँ । आज फिर्ता लिएपछि सकारात्मक नै मान्नुपर्‍यो,” उनले भने, “पार्टी एकताको प्रस्थान विन्दु २०७५ जेठ २ नै हो । त्यसमा फर्किएमात्रै एकताको सम्भावना हुन्छ ।”

    उनले देशभरका कार्यकर्ताको माग पार्टी एकता नै भएकाले ओलीलाई जेठ २ मा फर्कन आग्रह गरे । “कारबाहीको त कुनै औचित्य थिएन । फिर्ताले मात्रै जोड्न सक्दैन, अब जेठ २ मा फर्किऔँ,” उनले थपे । 

    विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच आजै भेटवार्ता हुँदैछ । भेटवार्तामा एकता कि राजीनामा निरूपण हुने नेता युवराज ज्ञवालीले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १३:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij