Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रुपन्देहीमा कोरोनाबाट थप ३ जनाको मृत्यु

रुपन्देहीमा कोरोनाबाट थप ३ जनाको मृत्यु


  • 5.3K
    Shares

    रुपन्देहीमा कोरोनाबाट थप ३ जनाको मृत्यु

    बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनजना मध्ये दुईजना तिलोत्तमा नगरपालिकाका र एकजना बुटवलका छन् ।

    बुटवल–६ का ८१ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा बिहीबार बिहान ५:३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

    यस्तै तिलोत्तमा–५ का ७५ वर्षका पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा बिहान ७:४५ बजे तथा तिलोत्तमा–१३ का ५५ वर्षीय पुरुषको बुधबार राति ८:१५ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनीहरु मध्ये एकजना आईसीयू र एकजना एचडीयूमा उपचाररत थिए ।

    योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१२ पुगेको छ । जिल्लामा ७००२ जना सक्रिय संक्रमित छन् । बुधबार रुपन्देहीमा हालसम्मकै धेरै १६ जना संक्रमितको मृत्यु भएको थियो ।

     

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १३:०२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij