Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब

नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब


  • 323
    Shares

    नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी सम्पत्तिमा लगानी गरेर मात्रै एक वर्षमा झन्डै ९६ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदनमा यस्तो आम्दानी गरेको देखाएको हो ।

    यो अवधिमा राष्ट्र बैंकले प्राप्त गरेको कुल रकममध्ये विदेशी बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राखेबापत २९ अर्ब ७० करोड, विदेशी सुरक्षण पत्रमा गरिएको लगानी बापत ६२ अर्ब ३ करोड, स्थिर सुरक्षण पत्रमा लगानीबापत ३ अर्ब ५३ करोड र आईएमएफको एसडीआर होल्डिङमा गरेको लगानी बापत ८७ करोड रुपैयाँ प्राप्त गरेको छ ।

    गत वर्ष राष्ट्र बैंकले यस्तै लगानीबापत जम्मा ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो वर्षको आम्दानी गत वर्षको भन्दा २०.५३ प्रतिशत बढी हो । पछिल्लो वर्ष विदेशबाट भित्रिने रेमिट्यान्स बढ्दै जाँदा राष्ट्र बैंकसँगको विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ । 

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १३:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij