Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

अबदेखि अर्कोै बैंकको एटिएमबाट पैँसा निकाल्दा शुल्क लाग्ने

अबदेखि अर्कोै बैंकको एटिएमबाट पैँसा निकाल्दा शुल्क लाग्ने


  • 9.7K
    Shares

    अबदेखि अर्कोै बैंकको एटिएमबाट पैँसा निकाल्दा शुल्क लाग्ने
    images

    काठमाडौं । कोरोना भाइरसको नेपालमा पनि प्रभाव परेको बेलामा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा विहिबार साँझ जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जानकारी दिएको छ ।

    त्यस्तै, मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ ।

    कोरोना महामारीको अवस्थामा ग्राहकलाई सहजता दिने उद्देश्यले विद्युतीय कारोबार निःशुल्क गरिएको तर बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - ११:५०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij