Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

३०% हकप्रद सेयर निष्कासन गर्दै शिखर इन्स्योरेन्स

३०% हकप्रद सेयर निष्कासन गर्दै शिखर इन्स्योरेन्स


  • 6.1K
    Shares

    ३०% हकप्रद सेयर निष्कासन गर्दै शिखर इन्स्योरेन्स
    images

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि बीमा समितिबाट अनुमति पाएको छ ।कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिइ कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका लागि पठाएको जनाएको छ ।

    गत वर्ष कम्पनीले दिएको २७.७७ प्रतिशत बोनस सेयर कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भइ कम्पनीको चुक्ता पुँजी वृद्धि गरिए अनुसार नै हकप्रद सेयर निष्कासन गरिने भएको छ ।

    चालू आर्थिक वर्षको ९ महिनासम्म शिखरले ३६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२६ प्रतिशतले बृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    कम्पनीको प्रति सेयर आम्दानी २७.९३ रुपैयाँ र प्रति सेयर कुल सम्पति मूल्य ३१२.८३ रुपैयाँ रहेको छ । शिखर इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ , जेगेडा कोषमा ६१ करोड ७६ लाख र महा विपत्ति कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

    कम्पनीले यो अवधिमा २ लाख ११ हजार ९९६ जारी भएको बीमालेख बापत २ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

    तेस्रो त्रैमाससम्म कम्पनीमा १६ हजार ९१४ दावी भुक्तानी आवेदन बापत १ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ९ हजार २८६ आवेदनको करिब १ अर्ब ४२ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - ११:५१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij