२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।
महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी, उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई र कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij