Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोनाको संक्रमणबाट कतारमा २४ नेपालीको मृत्यु

कोरोनाको संक्रमणबाट कतारमा २४ नेपालीको मृत्यु


  • 6.2K
    Shares

    कोरोनाको संक्रमणबाट कतारमा २४ नेपालीको मृत्यु

    नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा कोरोनाको संक्रमणबाट अहिलेसम्म २४ नेपालीको मृत्यु भएको छ ।

    कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईका अनुसार पहिलो लहरको संक्रमणले १८ जना तथा दोस्रो लहर शुरू भएपछि थप ६ नेपालीको मृत्यु भएको छ ।

    मृतकहरुमध्ये परिवारको अनुमति लिएर २३ जनाको कतारमै अन्त्येष्टि गरिएको छ भने बाँकी १ जनाको कानुनी प्रक्रिया पूरा गरेर चाँडै अन्त्येष्टि गरिने भट्टराईले जानकारी दिए ।

    गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार कोरोना संक्रमणका कारण विश्वभर २१ मुलुकमा ३ सय ८२ जना नेपालीको मृत्यु भैसकेको जनाएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कतारमा ३९२ जनामा संक्रमण पुष्टी भएको छ भने ८६२ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ५६, ५८ र ७२ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१९  पुगेको छ  ।

    कतारमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार १२४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख ४ हजार ४९८ रहेको मन्त्रालयले जनाएको छ।

    कतारमा अहिले ७ हजार १९७ वटा ‘एक्टिभ’ केस रहेका छन् । जसमध्ये ४११ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचाररत छ भने तीमध्ये २३१ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - ११:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij