२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउने तयारी गरेको हो।
लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर-२०९२’ ल्याउन अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा लक्ष्मी सनराइज बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्ने भएको छ।
यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij