Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निफ्राले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा

निफ्राले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा


  • 603
    Shares

    निफ्राले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आर्थिक वर्ष २०८१\८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न सातौँ वार्षिक साधारण सभा बोलाएको छ। यही मंसिर २३ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ९ बजे साधारण सभा बोलाएको हो। 

    सञ्चालक समितिले आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१५७ प्रतिशत हुन आउने २ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अब यो लाभांश निफ्राको साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते  लागि बुक क्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १४:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij