Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

एनपीएल : पन्चालप्रेरित कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

एनपीएल : पन्चालप्रेरित कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य


  • 246
    Shares

    एनपीएल : पन्चालप्रेरित कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
    images

    काठमाडौं । ओपनर प्रियांक पन्चालप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    मंगलबार (मंसिर २) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले पन्चालको आक्रामक पारीमा १६६ रनको योगफल खडा गर्‍यो । कर्णालीले २० ओभर ब्याटिङ गर्दा तीन विकेट मात्र गुमायो ।

    पन्चालले कर्णालीबाट सर्वाधिक ९० रन बनाए । त्यसक्रममा उनले ४८ बल खेल्दा सात चौका र ६ छक्का प्रहार गरे । उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए । पन्चाललाई १५.४ ओभरमा चितवनका रवि बोपाराले देव खनालबाट क्याच गराए ।

    पन्चालले पहिलो विकेटका निम्ति अर्का ओपनर म्याक्स ओ‘डोडसँग ८.५ ओभरमा ६१ रनको साझेदारी गर्दै कर्णालीलाई राम्रो सुरुआत दिलाएका थिए । ओ‘डोडले ३० बलमा एक चौकासहित २० रन थपे । ८.५ ओभरमा चितवनका सैफ जैबले ओ‘डोडलाई बोल्ड गरेका थिए ।

    त्यसपछि पन्चालले दोस्रो विकेटका निम्ति वार्क वाटसँग ६३ रनको साझेदारी गरे । १८.२ ओभरमा सोहेल तान्विरले वाटलाई रिजन ढकालबाट क्याच गराएका थिए । वाटले २१ बलमा एक चौकासहित १६ रन जोडे । अविजित रहेका पवन सर्राफ र नजिबुल्लाह जर्दानले क्रकशः २७ र चार रनको योगदान गरे ।

    फितलो बनेको चितवनको बलिङतर्फ सैफ जैब, रवि बोपारा र सोहेल तान्विरले समान एक विकेट लिए ।

    एनपीएलमा यी दुई टिम तेस्रोपटक प्रतिस्पर्धामा छन् । प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएको थियो । कर्णालीले चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । त्यति बेला लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १३:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij