२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो।
उक्त शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलमा निवेदन पेस गर्न सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij