२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज "ह्याक" भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।
उनका अनुसार ह्याक सम्बन्धमा साइबर ब्युरोलाई जानकारी दिइएको छ । साइबर ब्युरोले मुख्यमन्त्रीको फेसबुक पेज रिकभर गर्ने प्रक्रिया थालिसकेको उनले बताए ।
"मुख्यमन्त्रीज्युको फेसबुक पेजमा अचानक प्रोफाइल फोट परिवर्त भएपछि ह्याक भएको थाहा पायौं । यस सम्बन्धमा साइबर ब्युरोले प्रक्रिया अगाडि बढाइसकेको जानकारी पाएका छौं," मिश्रले भने।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij