२०८२ मंसिर १ गते सोमवार
काठमाडौं । चलचित्र ‘परान’ दश करोड क्लबको नजिक पुगेको छ । कात्तिक १४ गते प्रदर्शनमा आएको ‘परान’ले शनिबारसम्म नौ करोड ८६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।
दीपक आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रमा नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, प्रवीण खतिवडा, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ ।
असोज ३१ गतेबाट प्रदर्शनमा आएको ‘जेरी अन टप’ले १२ करोड सात लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा अनमोल केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङलगायत कलाकारको मुख्य भूमिका छ ।
कात्तिक २१ गते रिलिज भएको ‘जारी–२’ले चार करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल मुख्य भूमिकामा छन् ।
‘मन बिनाको धन’ले दुई करोड ४३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘जारी–२’सँगै प्रदर्शनमा आएको यो सिनेमामा अशोक दर्जी मुख्य भूमिकामा छन् । टंक बुढाथोकीले निर्देशन गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij