Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

जीवन बीमा कम्पनीहरुको तीन महिनाको नाफा झन्डै २ अर्ब, कुन कम्पनीको कति ?

जीवन बीमा कम्पनीहरुको तीन महिनाको नाफा झन्डै २ अर्ब, कुन कम्पनीको कति ?


  • 232
    Shares

    जीवन बीमा कम्पनीहरुको तीन महिनाको नाफा झन्डै २ अर्ब, कुन कम्पनीको कति ?
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो दिन महिनामा जीवन बीमा कम्पनीहरुले करिब २ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्। जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ९७ करोड २४ लाख रुपैयाँ माथिको नाफा आर्जन गरेका हुन्। 

    अघिल्लो वर्षको यही अवधिमा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको नाफा २.५१ प्रतिशतले बढेको छ। सर्वाधिक नाफा आर्जन कमाउने रिलायब नेपाल लाइफ रहेको छ भने नाफा वृद्धिको हिसाबले सन नेपाल लाइफ अग्रस्थानमा रहेको छ। 

    रिलायबल नेपाल लाइफले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ।

    सन नेपाल लाइफ २३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४४.०२ प्रतिशतले बढेको छ। त्यसैगरी नेपाल लाइले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ४.९४ प्रतिशतले बढेको छ।

    आइएमई लाइफले १५ करोड ८३ लाख रुपैयाँ र एसियन लाइफले १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा आइएमई लाइफले १४ करोड ५० लाख रुपैयाँ र एसियन लाइफले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। 

    साथै, सानिमा रिलायन्सको १४.७० प्रतिशत, सूर्यज्योति लाइफको ११ प्रतिशत, आइएमईको ९.१७ प्रतिशत, नेशनल लाइफको १.८१ प्रतिशत वृद्धि भएको छ ।

     हिमालयन लाइफसँगै तीन वटाको नाफामा भने गिरावट आएको छ । समिक्षा अवधिमा हिमालयन लाइफको नाफा ४९.६५ प्रतिशत घटेको छ । यस्तै, प्रभू महालक्ष्मीको पनि ४९.४८ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ४६.५४ प्रतिशत घटेको छ ।

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १४:०९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij