Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

नवगठित नेकपाले सातवटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने

नवगठित नेकपाले सातवटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने


  • 365
    Shares

    नवगठित नेकपाले सातवटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
    images

    काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ । आईतवार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिएका हुन् ।

    उनका अनुसार सन्देश सभाको मितिपछि तय गरिनेछ । उनले संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पु¥याउन पार्टीले सभा गर्न लागेको दाबी गरेका छन् । 

    उनले भने, ‘सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौं । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ । नेपालमा अब हामीले समाजवाद निर्माण गर्ने सन्देश दिन्छौं । नेपालको संविधानले परिकल्पना गरेको र निर्देशन गरेको समाजाद हामीले निर्माण गरेर मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र देशमा ठूलो परिवर्तन ल्याउँछौं भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बीचमा जान्छौं ।’

    उनले स्वदेशमै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिवद्ध भएर लाग्ने दाबी पनि गरेका छन् ।  

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १७:२९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij