Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

वर्तमान सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ: ओली

वर्तमान सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ: ओली


  • 330
    Shares

    वर्तमान सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ:  ओली
    images

    काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन्। आईतवार प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

    उहाँले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताउएका छन् । त्यसका लागि जेनजीहरुलाई संगठित गर्ने, उनीहरुको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरुको हातमा मागपत्र दिने जेनजीहरुलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताएका छन् । 

    वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गरेका छन् । जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको बताएका छन् । आफूहरु बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उनको भनाइ छ ।

     उनले भने, ‘अहिले सरकारमा हुनेहरुले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन्  कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौँ । कला बिहीन नाटक छ । नाटकमा अलिकति कला हुनुपर्छ । कला बिहीन नाटक छ, त्यो हेरिरहेका छौँ ।’

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १६:३६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij