२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ सोमबारका लागि सरेको छ ।
आइतबार हुने भनिएको सुनुवाइमा अर्को मिसिल पनि साथै राख्नुपर्ने भएकाले मंसिर १ गतेका लागि सरेको वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले जानकारी दिएका छन् । रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो ।
मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध गत मंगलबार सर्वोच्च अदालतमा दर्ता गराएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij