२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । आज साताको पहिलो कारोबारको दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ५.१५ अंकले घटेर २,५४० को विन्दुमा कायम भएको छ ।
आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३७ कम्पनीको ७९ करोड ५७ लाख ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोडको शेयर कारोबार भएको छ ।
तीन समूहगत सूचक बढेका छन् । होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशत बढेका छन् ।
बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशत घटेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij