Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

आयोगले नयाँ दल दर्ताको समयावधि बढायो, मंसिर ६ सम्म निवेदन दिन सकिने

आयोगले नयाँ दल दर्ताको समयावधि बढायो, मंसिर ६ सम्म निवेदन दिन सकिने


  • 302
    Shares

    आयोगले नयाँ दल दर्ताको समयावधि बढायो, मंसिर ६ सम्म निवेदन दिन सकिने
    images

    काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । 

    यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।

    आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताएका छन् भने २८ वटा दल दर्ता प्रक्रियामा रहेको जानकारी दिएका छन् ।  

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १५:१९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij