Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

रिलायबल लाइफको नाफा २९.६५ प्रतिशत बढ्यो, सवा १४ अर्ब बढीको जीवन बीमा कोष

रिलायबल लाइफको नाफा २९.६५ प्रतिशत बढ्यो, सवा १४ अर्ब बढीको जीवन बीमा कोष


  • 1.1K
    Shares

    रिलायबल लाइफको  नाफा २९.६५ प्रतिशत बढ्यो, सवा १४ अर्ब बढीको जीवन बीमा कोष

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३२.१५ प्रतिशतले बढेको छ।

    कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २५.३० प्रतिशतले बढेको छ।

    कम्पनीले चालु वर्षको असोजसम्म १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २५ करोड ५६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ 
    रहेको छ । 

    शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनी अन्य इक्विटीमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ४ करोड ४ लाख रुपैयाँ थियो। 

    कम्पनीको प्रतिशेयर आम्दानी बढेर १९.९० रुपैयाँ कायम भएको छ। पीई रेसियो २१.९१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.२९ रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १५:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij