Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै


  • 281
    Shares

    निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै
    images

    काठमाडौं ।  निर्वाचन आयोगले आजसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ वटा राजनीतिक दल नयाँ दर्ता भएका छन् भने ७ वटा नै यसअघि कायम भएका दल खारेज भएका छन् ।

    अन्य २८ वटा राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् । आयोगमा यसरी दर्ताका लागि कागजात पेश भएका २८ वटै दलबारे सनाखत र कागजात रुजुको काम भइरहेको उनले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    उनले भने ,कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ,’।

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १४:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij