Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सानिमा जीआईसी इन्स्योरेन्सको नाफा २० करोड २ लाख, यस्ता छन् अन्य सूचक

सानिमा जीआईसी इन्स्योरेन्सको नाफा २० करोड २ लाख, यस्ता छन् अन्य सूचक


  • 1.1K
    Shares

    सानिमा जीआईसी इन्स्योरेन्सको नाफा २० करोड २ लाख, यस्ता छन् अन्य सूचक

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले २० करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  कम्पनीले ५ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    चालु वर्ष असोजसम्म कम्पनीले ४४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १३.२१ प्रतिशतले बढेको छ।

    कम्पनीले समीक्षा अवधिमा ११ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३.३९ प्रतिशतले बढेको छ। कम्पनीको स्पेसल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीको चुक्तपुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३७.२५ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४०.५३ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १४:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij