Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत (तस्बिरहरु)

दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत (तस्बिरहरु)


  • 274
    Shares

    दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत (तस्बिरहरु)
    images

    काठमाडौं । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् । अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उनले सनाखत गरेका हुन् ।

    दलको प्रश्तावित अध्यक्ष समेत रहनुभएका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरेका छन् । सनाखतपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरेका छन् । उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत गरेका छन् । 

    उनले भने, ‘यो देशमा दर्ता भएका सबै राजनीतिक दलहरु एकातिर र हाम्रो दललाई एकातिर राखेर हामी निर्वाचनमा जाँदैछौं । त्यो हाम्रो दल नै पल्लाभारी हुन्छ ।  किनभने हामीसँग गरिबका मुद्दा छन् । हामीसँग गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरु छन् । हामी नागरिकका मुद्दाहरुलाई लिएर, राष्ट्रका मुद्दाहरुलाई लिएर र धर्म संस्कृति र संस्कारका मुद्दाहरुलाई लिएर हामी चुनावी मैदानमा जाँदैछौं । हामीले राजनीतिलाई अरु पार्टीहरुले जस्तो व्यापार सम्झेको छैनौं । हामी राजनीतिमा सेवा र समर्पण गर्नको लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा अगामी चुनावमा हामी अरु दलभन्दा पल्लाभारीको रुपमा जनताको पक्षमा काम गर्नको संसद भवन र सिंहदरबार छिर्नेछौं ।’

    उनले आगामी निर्वाचनमा मतदाताको विश्वास जितेर सिंहदरबार र संसद् भवनसम्म जनताको मुद्दा लैजाने लक्ष्य दलको रहेको स्पष्ट पारेका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १४:२२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij