२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । एसवाई प्यानल नेपालको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो।
कम्पनीको ४० लाख ७६ हजार १५६ कित्ता आइपीओ गत कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म बिक्री खुला गरिएको थियो। २० लाख ८७ हजार ३२० आवेदकबाट माग भएको २ करोड ३१ लाख ७८ हजार ४७० कित्ता सदर भएको थियो भने १८ हजार ५४ आवेदकबाट माग भएको २ लाख २८ हजार ६५० कित्ता बदर भएको थियो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये ६ जनाले थप १-१ कित्ता शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख ७९ हजार ७०५ आवेदकको हात खाली भएको छ।
नतिजा सीडीएससको मेरो शेयर तथा https://meroshare.cdsc.com.np/#/login र प्रभु क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij