Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

बालेन, रवि, कुलमानदेखि हर्क र सुमनासम्म एकै ठाउँमा उभिन सुदन गुरुङको आह्‌वान

बालेन, रवि, कुलमानदेखि हर्क र सुमनासम्म एकै ठाउँमा उभिन सुदन गुरुङको आह्‌वान


  • 372
    Shares

    बालेन, रवि, कुलमानदेखि हर्क र सुमनासम्म एकै ठाउँमा उभिन सुदन गुरुङको आह्‌वान
    images

    काठमाडौं । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन आह्‌वान गरेका छन् । उनले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको भन्दै सामाजिक सञ्जालमार्फत आह्‌वान गरेका हुन् ।

    उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन उनले सार्वजनिक आह्वान गरेका छन् । 

    ‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्,’ उनले भनेका छन् । 

    जेनजी एकजुट भएको दाबी 

    गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ । अब सबै पुस्ता जोडिनका लागि छिट्टै नै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

    अभियानको दोस्रो चरण अन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको  उनले बताएका छन् । गुरुङले गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै सोही गोरखा मन्दिरबाट आशीर्वाद लिएर यो अभियान सुरु गरिने बताएका छन् ।

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १२:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij