Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क ५१.४३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क ५१.४३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?


  • 876
    Shares

    नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क ५१.४३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले ९ करोड ६३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४ लाख नाफा आर्जन गरेको थियो।

    चालु वर्ष असोजसम्म कम्पनीले ४१ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ५१.४३ प्रतिशतले बढेको छ।

    कम्पनीले २० करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ५२.१६ प्रतिशतले बढेको छ भने कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १२ लाख रुपैयाँ रहेको छ ।  

    हाल कम्पनीको चुक्तपुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६ करोड ५८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड २४ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीको प्रतिशेयर आम्दानी ३.७८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१.५८ रुपैयाँ रहेको छ।

     

     

    images
    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १२:०२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij